Pastor Bishnu Bahadur Tamang

म धन्यवादी छु हाम्रो परमेश्वर प्रति र नेपाली बाइबल संगती मण्डली प्रति । हाम्रो परमेश्वर स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ, जस्ले आफ्नो योजना पुरा गर्न र आफ्नो प्रेम मानिसहरूको माझमा प्रकट गर्नका लागि विभिन्न समयमा, विभिन्न मानिसहरुलाई, विभिन्न प्रकारले चलाउनुहुन्छ । नेपाली बाइबल संगति मण्डली यूएईमा भएका मण्डलीहरूमा सानै भएतापनि परमेश्वरले आफ्नो योजनाको निम्ति बृहत प्रकारले चलाउनु भएको छ । युएईमा यो मण्डली नेपालीहरूको माझमा एउटा शरणस्थान र घरजस्तो भएको छ । विभिन्न प्रकारले आपतविपतमा परेका व्यक्तिहरूलाई सान्त्वना दिने, सहयोग गर्ने विश्राम थलोको रुपमा म बुझ्दछु, जहाबाट उनीहरुले परमेश्वरको वचन बाट सिक्ने र संगती पाइराखेका छन् ।

यो मण्डली अहिले १३ बर्षको अवधिमा हिँड्दै गर्दा  मण्डली बाट धेरै सेवक-सेविकाहरु निर्माण भइ आफ्नो घरमा फर्किने क्रममा नेपालमा पनि धेरै ठाउँहरुमा सुसमाचार विस्तार भएको छ । कति ठाँउमा त मण्डली स्थापना पनि भएका छन् ।

 यो मण्डलीको दर्शन भनेको नेपालबाट यु।ए।ई।मा आएका नेपालीहरुलाई सुसमाचार सुनाइ प्रभुमा डोराउने उच्च लक्ष्य राखेका छौ । प्रभुमा विश्वास गरेको हरुलाई चेलापन तालिम विभिन्न सीपमूलक तालिम दिएर सक्षम र बुद्धिजीवी बनाएर प्रभुको सेवाकोलागि अगाडि बढउनु राखेका छौ । यसरी नै यो शहरमा भएका सबै विश्वासीहरूलाइ ख्रीष्टको शरिरको एकतामा बसेर हजारौं-हजारको संख्यामा यसै ठाउँमा सेवा गर्ने दर्शन रहेको छ ।

यो मण्डलीको दर्शनलाई पुरा गर्नको लागि परमेश्वरले उहाँमा समर्पित रहेका प्रभुका अति नै प्रियजनहरुलाई उहाँले एकतामा राख्नुभएको छ । यी प्रिय सहकर्मीहरुको प्रति  मण्डली अति नै धन्यवादी छौं । दर्शनलाई पुरा गर्नको लागि विभिन्न प्रकारले सुसमाचारको अभियानलाई अगाडी बढाइराखेका छौं । कम्पनीको क्यममा भिजिट गर्ने, सुसमाचार सुनाउने, भेटघाट कार्यक्रम, घरेलु संगति, online bible study,Hospitalमा भएका बिरामीहरुलाई भेट्न जाने र कामविहीन हरुलाई अथवा Company ले एतिकै छोडेको हरुलाई घर जाने वातावरण मिलाइ दिने जस्ता सेवाहरुमा हामी तीव्रगतिमा लागि राखेका छौं।

यो मण्डलीको मण्डली प्रशासनको लागि हरेक विश्वासीलाई मण्डलीमा ल्याउने संगतीमा डोर्याउने, मण्डलीको अनुशासन र प्रभुको डर भएको भारेमा सिकाउने, मण्डलीमा नियमित आउनेहरूलाई उनीहरूको जीवन यापनमा सिकाउने, हप्काउने, सुधार्ने जस्ता कुराहरूको लागि व्यवस्थित प्रकारले नीतिनियमहरु बाइबल धर्मशात्रलाई आधार मानेर बनाएका छन् ।

यो मण्डलीमा अहिले हप्तामा दुइ पल्ट शनिबार र आइतबार आराधना संगती सञ्चलानमा छन् । जति जनालाई प्रभुले यो मण्डली अन्तरगत रहेर सेवाकाई गर्ने मौका दिनुभएको छ सबै प्रति धन्यवादी छौं ।

 
Scroll to Top