आदिमा परमेश्वर हुनुहुन्थ्यो कुनै सृष्टि नत कुनै थोक नै थियो ।
शून्य र अन्धकार मात्र थियो ।
परमेश्वरको महान शक्तिद्धारा आश्चर्यजनक परिवर्तन भयो ।
उहाँको आत्माले सबै थोकलाई सृष्टि गर्नुभयो ।
अदृश्य शक्तिद्धारा सम्पूर्ण दृश्य कुराहरुको सृष्टि भयो ।
अनि शून्य र अन्धकारमा उज्यालो ज्योती प्रकट भयो ।
आफ्नै स्वरुप र प्रतिरुपमा बनाउनु भयो मानिसलाई ।
अदनको सुन्दर बगैँचामा राख्नु भयो, आदम र हव्वालाई ।
आदम र हव्वाले उलंघन गरे, परमेश्वरको आज्ञालाई ।
नखानु भनि दिईएको आज्ञालाई , तोडेर खाए फललाई ।
शैतानको छलमा परि, श्रापीत भई बगैँचा बाहिर खेदिए ।
परमेश्वरको ज्योर्तीमय, महिमा बाट त्यागीए ।
मानिस र परमेश्वर संगको संगतीलाई तोडियो ।
अदनको बगैँचालाई, स्वर्गदूतहरुको सुरक्षामा वरीपरी घेरीयो ।
परमेश्वर र मानिसको बिचको, सम्बन्ध तोडीयो पाप गरी ।
पापले मूर्त रुप लियो, आफ्नै भाईको हत्या गरी ।
मासिको हृदयलाई कब्जा गर्यो, दुष्टाताको आत्माले ।
सम्पूर्ण मानिस जातीलाई, ढाक्यो पापै पापले ।
समयको अन्तरालमा, खडा गर्नुभयो एक जातिलाई ।
उहाँले आशिष दिने प्रतिज्ञा गर्नुभयो बोलाईएको व्याक्तीलाई ।
सन्तान दिन्छु भनि प्रतिज्ञा गर्नुभयो, कुनै आशा नै नभएकालाई ।
जसले विश्वास गरी पर्खिरहे, त्यो आशा र समयलाई ।
समयको अन्तरालमा अगमवक्ताहरुले, कहे अगमवाणी ।
यस धर्तिमा उद्धारकर्ता जन्मीनेछ भनि ।
अगमवाणी पूरा भयो, कन्याबाट मसिहको जन्म भई ।
जन्मिए उद्धारकर्ता प्रभु येशु, बेथलेहेमको गाईगोठमा गई ।
जन्मिए बालक येशू, यस धर्तिमा मानव रुप लिई ।
परमेश्वर र मानिसको बिच, तोडिएको सम्बन्ध जोड्नलाई ।
अगमवाणी पूरा भयो, बचन देहधारी भई ।
हाम्रो माझमा बास गर्नुभयो अनुग्रह र सत्यताले पूर्ण भई ।
आउनुभयो प्रभु येशू संसारमा ज्योती बनि ।
सिकाउनुभयो पापको मार्गबाट, धार्मिकताको मार्गमा हिड्न भनि ।
स्वर्गीय वैभाबलाई छोडी आउनुभयो, सित्तैमा उद्धार दिनलाई ।
आज्ञा गर्नुभयो पश्चात्ताप गर्नु भनि, अनन्त जिवन पाउनलाई ।
दुख र कष्ट सहनुभयो, अनगिन्ती कोर्राको चोट खाई ।
सम्पूर्ण बोझ र पापलाई उठाईलानु भयो कलबरी क्रुसमा गई ।
सिकाउनुभयो हामीलाई निश्वार्थ प्रेम गर्नलाई ।
सिकाउनुभयो हामीलाई, क्षमा दिन र लिनलाई ।
आज्ञा दिनुभयो हामीलाई एउटाले अर्कोलाई प्रेम गर्नु भनि ।
आफ्नो हितमा मात्र होईन, नम्रतामा अरुलाई श्रेष्ठ ठानी ।
सिकाउनुभयो हामीलाई, प्रेमको परिभाषा ।
सम्पूर्ण मानव जातीको, उहाँमा नै छ है आशा ।
हामीले चुनेनौ उहाँलाई तर, उहाँले चुन्नुभयो हामीलाई ।
उद्धार, मुक्ती, अनन्त जिवन, उहाँमा मात्र छ भनि बुझाओ अरुलाई ।
बाटो, सत्य र जिवन, म नै हुँ भन्नुभयो ।
उहाँको क्रुसको रगतले, हामीलाई स्वर्ग संग जोड्नुभयो ।
हामी सबैको पाप र अधर्मको मूल्य, चुकाउन, कलबरी क्र्रुसैमा टाँगिनुभयो ।
स्वर्गिय अनन्त जिवनको, बाटो देखाई मारिनुभयो ।
बुझ्नै गाह्रो छ, उहाँको प्रेम गहिराई ।
जानुभयो उहाँ हामीलाई, अनन्त जिवनको मुुकुुट पहिराई ।
तेस्रो दिनमा पुनरुत्थान भई, स्वर्ग चढि जानुभयो ।
अनि पवित्र आत्मा सल्लाहकार पठाई दिने प्रतिज्ञा गर्नुभयो ।
उहाँ जानुभयो पिताकहाँ, हाम्रो निम्ति ठाउँ तयार पार्नलाई ।
उहाँले प्रतिज्ञा गर्नुभयो, तुरहीको चर्को स्वरमा, बादलको सवारीमा आउछु लिनलाई ।
अब हाम्रो पालो हो मण्डली, दुलही तयार हुनलाई (२)
क्र्रुसको डोलीमा चढेर, उहाँसंग जानलाई जानलाई (२)
