पापको बारेमा बाइबलले के भन्छ ?
पाप भन्नाले हामी के बुझ्न सक्छौं भने साँचो मानिस बन्न नसक्नु, निशाना चुकाउनु ,उद्देश्यबाट चुक्नु भन्ने कुरा बुझ्न सक्छौ । सृष्टिमा सबै कुराहरु असल थियो । पाप परमेश्वरबाट भएको होइन, तर परमेश्वरको ज्ञानबाट बाहिर छैन । परमेश्वरबाट उत्पन्न भएको होइन परमेश्वरको योजना भित्र नै छ । किनभने परमेश्वरले आदम र हवालाई जसरी सृष्टि गर्नुभयो, उनीहरु यस्तो स्वतन्त्रता जुन परमेश्वरको इच्छामा रहेर गर्न सक्छन, जिम्मेवारीको स्वतन्त्रता, परमेश्वरको अधीनताको स्वतन्त्रता ।
मानिसको जीवनमा आएका दुई पापहरू हामी देख्न सक्छौं
1. मौलिक पाप
2. आफैले गर्ने पाप
कुनै कारणको प्रतिफल नै पाप हो । पापको अस्तित्व परमेश्वरको व्यवस्थाको ज्ञानले दिन्छ । परमेश्वरले पाप गर्नुहुन्न वा पाप गराउनु हुन्न, तरै पनि पाप उहाँको इच्छा बाहिर छैन। परमेश्वरले मानिसलाई पापको सम्भावनामा सृष्टि गर्नुभयो जब अदम र हवाले पाप गरे पापको फैलावट विश्वव्यापिता रुपमा फैलियो ।
मौलिक पाप वंशानुगतता मात्र होइन, यो सबै मानिसहरूमा सबै ठाउँमा एक विश्वव्यापी वास्तविकता हो। मौलिक पापलाई एक अपराध मात्र होइन,यो एक सचेत र जानीजानी अवज्ञा थियो र परमेश्वरको विरुद्धको विद्रोह थियो ।
आदमको पाप सबै सृष्टि गरेको सम्बन्धहरुलाई उल्टाउने र सारा संसारको लागि निर्णायक परमेश्वरको विरुद्धको विद्रोह थियो । अनकथित नैतिक आयामहरूको साथ पाप परमेश्वरको विरुद्धमा एक धार्मिक विद्रोह र एक अराजकता हो । सबै पाप असल कुराको विरुद्धमा छ । पापका विभिन्न प्रकार र स्तरको छ, कुनै कुनै पापले मृत्युसम्म पुर्याउन सक्छ । मानिसको पाप र शैतानको पाप पनि छ । बाइबलले दुष्टको राज्यको कुरा गर्छ जो अन्धकारको राज्य हो र ख्रीष्टको राज्यको विरुद्धमा छ । सैतानले परमेश्वरका मानिसहरुलाई धोका दिन्छ । सैतान परमेश्वर र मानिसको मुख्य शत्रु हो। जो अपरिवर्दनीय र उदार हुन नसक्ने छ ।
आदमद्वारा, पापको प्रति विरासतमा पाएको झुकावले मानिस जातिमा प्रवेश गरे, र मानिस प्राणी स्वभावले नै पापी बन्यो। जब आदमले पाप गरे, तब उनको आन्तरिक स्वभाव उनको पापको विद्रोहको कारण परिवर्तित भयो, परिणामस्वरूप यो उनीमा आत्मिक मृत्यु र नैतिक पतन वा भ्रष्टतालाई ल्यायो जो कि सबै माथि विरासतमा आयो जो उनि पछि आयो। हामी पापी यसकारण होइनौ कि हामीले पाप गर्छौँ; तर हामी पापी यसकारण हौँ किनकी हामी पापी छौँ।
हामी सबै मौलिक पाप, आफैले गर्ने पापको कारणले दोषी छौँ । पापको लागि केवल एउटा नै न्यायपूर्ण दण्ड मृत्यु हो (रोमी 6:23), केवल शारीरिक मृत्यु होइन तर अनन्तकालको मृत्यु पनि (प्रकाश 20:11-15)। धन्यवाद सहित, मौलिक पाप, आफैले गर्ने पाप अर्थात् सबैलाई येशूको क्रूसको माथि चढाईएको छ, र अब येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता मानी विश्वासद्वारा उहाँको अपार अनुग्रहअनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार हाम्रो पापको क्षमा, पाउछौँ (एफिसी 1:7)।
